काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा जनमत राम्रो रहेको बताएका छन्।
सधैं चर्चामा आइरहने नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधान्मन्त्री प्रचण्डलाई कटाक्ष गर्दै लेखेका छन्–‘प्रचण्ड भ्रम हुन्’। उनले प्रचण्डसँगभन्दा कांग्रेस सभापति देउवासँग जनमत रहेको समेत भनेका छन्।
उनले रामचन्द्र पौडेललाई समेत व्यंग्य गर्दै लेखेका छन् ‘राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।’
उनले कांग्रेस महामन्त्री गगन थापालाई समेत फेसबुकबाटै लेखेका छन्–‘गगनले प्रचण्डको पाउमा तेल घसिरहेका छन्।’ थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको समेत उनको भनाइ छ।
नेता बास्कोटाले लेखेका छन्–‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन्। रामचन्द्र हराऊ, सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ।’








































