काठमाडौ : काठमाडौको नागार्जुनमा अवस्थित सभ्यता पाठसालाकी आशिका अधिकारी सम्मानित भएकी छिन । गत सालको बि.एल.ई परिक्षामा नागार्जुन नगरपालिकामा प्रथम आएकोमा उनी सम्मानित भएकी हुन ।

उनले उक्त परिक्षामा ४ जिपिए ल्याएकी थिईन ।
उनलाई आज सितापाईला माध्यमिक विद्यालयमा सम्पन्न भएको एक कार्यक्रमको बिचमा नागार्जुन न.पा कि उप-मेयर सुशिला अधिकारीको हातबाट सम्मान दिइएको हो ।

पढाईका साथै अतिरिक्त क्रियाकलापलाई महत्त्व दिदै आएको सभ्यता पाठशालाले यी र यस्तै थुप्रै विद्यार्थीहरुलाई अब्बल बनाएको अभिभावक बताउँछन् ।








































