काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–९, रुपाकोटमा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
बद्रीटारबाट रुपाकोटतर्फ ढुंगा लिएर जाँदै गरेको प्रदेश ३–०१–००३ क ६४५६ नम्बरको टिपर निर्माणाधीन सडक भासिँदा सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक धुनिवेशी—५, बद्रीटारका २९ वर्षीय सानोकान्छा तामाङको उपचारका क्रममा ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरका परिचालक २७ वर्षीय दीपक घले र २१ वर्षीय सुनील भेटुवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।








































