- ADVERTISEMENT -

मर्स्याङ्दीमा बेपत्ता भएका घिमिरेको शव प्रहरीको गोताखोरले निकाल्यो

February 28, 2023
135
Shares
- ADVERTISEMENT -

तनहुँ । जिल्लाकोे आबुखैरेनी गाउँपालिका– ४ स्थित मर्स्याङ्दी नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

आबुखैरेनी गाउँपालिका– ३ बस्ने ३६ वर्षिय घिमिरे यही फागुन १२ गतेदेखि बेपत्ता थिए । उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो । उनको शव आज नदीबाट निकालिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनी हराएको जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गरेका थियो । उनको शव झोलुङ्गे पुलमुनि पानीभित्र फेला पारी आज बाहिर निकालेको हो ।

मृतक घिमिरेको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -