काठमाडाैँ- आगामी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको आफ्नो चौंथो खेलमा नेपाललाई मलेसियाले ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालका स्पिनर दीपेश कँडेलले कसिलो बलिङ गरेपछि मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन बाध्य भयो।
युएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद साहिर सामल र मोहम्मद हाइरिल हरिसनले समान १२-१२ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।
नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै, आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।
नेपाल केही समयपछि जवाफी ब्याटिङमा मैदान उत्रिँदै छ। लगातार चार जितको खोजीमा रहेको नेपाल २०१६ पछि विश्वकप छनोट हुने लक्ष्यमा रहेको छ।








































