काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्नेभएको छ । मालेक क्रिकेट मैदानमा हङकङले टसर ब्याटिङ रोजे पछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । आजको खेलमानेपाल सहज जित निकाल्ने योजनामा छ । यसअघिको दुई खेलमा नेपालले जित निकालेको थियो ।
आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुर हराउँदा दोस्रो खेलमा शनिबारकुवेतलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।चौथो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।









































