नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा जुटेको लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) का नेताहरुको छलफल सकिएको छ । देउवा निवास धुम्बाराहीमा भर्खर सकिएको छलफलमा सभापति देउवाले पार्टीभित्र छलफल गरेर निर्णय लिने आश्वासन दिएका छन्
लोसपा नेता शरतसिंह भण्डारीले भन्नुभयो, “सभापति देउवाले कुरा सुन्नुभयो, हामी पार्टीभित्र छलफल गरेर यसबारे निर्णय लिन्छौं भन्नुभयो ।” साझा व्यक्तित्वको रुपमा राष्ट्रपतिका लागि उपयुक्त पात्र महन्थ ठाकुर नै हो भन्ने प्रस्ताव आफरुहरुले बैठकमा राखेको नेता भण्डारीले बताए ।
कांग्रेसले अझै पार्टीबाट आधिकारिक उम्मेदवार तय गरिनसकेकाले यसबारेमा विचार गर्न सकिने सभापति देउवाले लोसपाका नेताहरुलाई बताएका छन् । कांग्रेसभित्र नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा चर्चा भइरहेको छ । सभापति देउवालाई भेट्न लोसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायतका नेताहरु देउवा निवास पुगेका थिए ।








































