काठमाडौ : तार्केश्वर प्याबसनले अन्तर विद्यालय स्तरीय स्पेलिङ कन्टेस्ट गराउने भएको छ ।

आज काठमाडौको तार्केश्वरस्थित रहेको आगमन एकेडेमीमा पत्रकार सम्मेलन गर्दै आयोजक प्याबसनले भोलि अन्तर विद्यालय स्तरीय स्पेलिङ कन्टेस्ट गराउने जानकारी गराएको हो । उक्त कार्यक्रमको संयोजन आगमन एकेडेमीले गर्ने भएको छ ।प्रतियोगितामा १८ विद्यालय सहभागी हुने भएका छन ।
कार्यक्रमको संचालन गर्दै कमल प्रसाद ज्ञावलीले विद्यार्थीहरुमा रहेको क्षमतालाई अभिवृद्दी गर्ने हिसाबले यस्तो कार्यक्रमहरु आयोजना हुने बताएका हुन । ज्ञावलीले विद्यार्थीहरुलाई तार्केश्वर प्याबसनले अतिरिक्त क्रियाकलापमा सहभागी बनाउदै अझ थप अब्बल बनाउन सहयोग मिल्ने बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै ई सि ए प्रमुख गोपाल बुढाथोकीले तार्केश्वर प्याबसनले यश वर्ष गरेका अतिरिक्त क्रियाकलापहरुको बारेमा बताउदै यो स्पेलिङ कन्टेस्ट अन्तिम प्रतियोगिता रहेको बताएका छन ।

उनले यश प्रतियोगिताले विद्यार्थीहरुमा भाषिक अबल्ताको परिकल्पना समेत गरेको बताए । प्रतियोगितामा प्रथम , दित्तिय , तृतीय र सान्त्वनालाई समेत ट्रफी दिनुका साथै प्रथम,दित्तिय र तृतीयलाई मेडल समेत पुरस्कारमा रहेको बताएका हुन ।
उनल कार्यक्रमलाई थप प्रकाश पार्दै कार्यक्रमको बजेट बताउदै कार्यक्रम सकिएलगतै कार्यक्रमको सम्पुर्ण खर्च विवरण तार्केश्वर प्याबसनका कोषाध्यक्षले राख्ने बताएका हुन ।
त्यस्तै, कार्यक्रममा बोल्दै तार्केश्वर प्याबसनका अध्यक्ष धन बहादुर पुनले बोल्दै यस्तो प्रतियोगिताले विद्यार्थीको क्वालिटी मापन गरिनुका साथै उनीहरुको क्षमताको अभिवृद्दिमा पनि विकास हुने बताएका छन । उनले यश वर्षको यो अन्तिम अतिरिक्त क्रियाकलाप रहेको बताउदै यश वर्ष भन्दा झन अर्को वर्ष थप क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउने प्याबसनको लक्ष्य रहेको बताए ।

उनले तार्केश्वर प्याबसन भित्र रहेका समस्याहरु माथी आफुले समाधान निकाल्दै आएको र आउँदा दिनहरुमा विभिन्न कार्यक्रमलाई थप गुणस्तरीय बनाउदै लैजाने बताएका हुन ।










































