Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:५६ दिउँसो
- ADVERTISEMENT -

सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं – अध्यक्ष झा

प्रकाशित मिति: २०७९ फागुन ७, आइतबार

156
Shares

काठमाडौँ,७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताएका छन् ।

राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले यसको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताए ।

उनले भने, सरकारबाट प्राप्त हुने अनुदान र आफ्नो सीमित आम्दानीबाट खर्च व्यवस्थापन गनुपर्ने अत्यन्त कठिन चुनौती र दायित्व रहेकाले यसलाई सबैले बोध गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष झाले भने, “गोर्खा भूकम्पले क्षति पु¥याएको राससको भवन भत्काएर बनाइएका नयाँ दुई भवनसँगै राससमा कार्यरत कर्मचारी एवं पत्रकारको हकअधिकारलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म अझै सुदृढ र विस्तार गर्दै, पुनर्ताजगी तालिम, सामयिक वृत्ति विकास, पदोन्नति र क्षमता विकास गर्दै राससको भौतिक संरक्षणको सुरक्षा एवं पूर्वाधार विकास गरिनेछ ।”

अध्यक्ष झाले आफ्नो सेवाको विविधिकरणको प्रयासस्वरुप राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको जानकारी पनि दिए । उनले राससको श्रव्यदृश्य परीक्षणकालमा रहेको र तत्कालका लागि निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै यसको ‘फिडब्याक’ उत्साहप्रद आएको बताए ।

उनले देश विदेशका महत्वपूर्ण घटनाक्रम, विषय र समसामयिक सन्दर्भका सत्यतथ्य सूचना, सन्देश र जानकारी छिटो छरितोरुपमा विश्वसनीय ढङ्गबाट सम्प्रेषण गर्ने कार्यमा राससले आफ्नो स्थापनाकालदेखि अहोरात्र काम गरिरहेको बताए । उनले भने “उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर छापा तथा प्रसारणलगायतका आमसञ्चारमाध्यम र तीनका पाठक, दर्शक र श्रोताको चाहनाअनुरुपका समाचार प्रस्तुतिमा हाम्रो ध्यान सदैव केन्द्रित छ”, उनले भने । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -