कास्कीको डाँडाकोनाकमा यात्रुवाहक बस खोल्सामा खसेको छ । बेगनास तालबाट पोखरातर्फ आउँदै गरेको बस पोखरा महानगरपालिका– २७, डाँडाकोनाक प्रहरी चौकीनजिकै खोल्सामा खसेको हो । ग १ ख ८७४७ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो ।
अहिले घाइतेको उद्धार भइरहेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । बसमा कति जना सवार थिए खुलेको छैन ।








































