भारतीय दुतावासले चुमनुब्री गाउँपालिका २ हिनाङका स्थानीयलाई बिभिन्न सामग्री उपलब्ध गराएको छ । त्यस क्षेत्रका प्रदेश सांसदनन्दप्रसाद न्यौपानेको अनुरोधमा दुतावासले दुईसय थान कम्बल, दुईसय थान ज्याकेट र १५ थान ठूलो टेन्ट उपलब्ध गराएको हो ।
उक्त सामग्री वडा नम्बर २ का वडा अध्यक्ष मिङ्ग्युर दोर्जे लामा र पुंगजी गुम्बाका आनीमार्फत त्यहाँका स्थानीयलाई बुधवार पठाइएकोसांसद न्यौपानेले बताए ।
गत माघ १० गते त्यहाँको पुंगजी गुम्बा आगलागीबाट ध्वस्त भएपछि गुम्बाको निरीक्षण गरेर फर्किएका उनले गुम्बा पुन निर्माण गरिदिनबिभिन्न ठाउँमा पहल गरिरहेको बताए । ‘गुम्बा पुन निर्माण गरिदिन बिभिन्न ठाउँमा भनेको छु’, उनले भने, ‘भारतीय दुताबासले पनिसहयोगको आश्वासन दिएको छ । त्यसै क्रममा त्यस क्षेत्रका स्थानीयलाई तत्काल सहयोग गर्न मैले अनुरोध गरेअनुसार उपलब्ध सामग्रीअहिले पठाइएको हो ।’ उक्त सामग्री भारतीय दुताबासका प्रथम सचिव करुण बसलले सांसद न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस गोरखाका सभापति समेत रहेका न्यौपानेले भने ‘मैले मेरो क्षेत्रका स्थानीयका लागि बिभिन्न क्षेत्र, संघ संस्थासँग समन्वयगरेर सहयोग गर्ने अभियानमा छु ।’ गुम्बा पुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर सबैसँग समन्वय, सहकार्य भईरहेको उनले बताए ।
दुई सय वर्षभन्दा पुरानो प्राचिन गुम्बामा सोलार सर्ट भएर आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको अनुमान स्थानीयको छ ।









































