Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४५:४२ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिकामा बिवाद

प्रकाशित मिति: २०७९ फागुन ३, बुधबार

195
Shares

गोरखा नगरपालिकामा जनप्रतिनिधि बिच बिवाद चुलिँदो छ । आज बिहान ८ बजेकालागि बोलाइएको नगरसभा बहुमत सदस्यको उपस्थित हुँदाहुँदै मेयर कृष्णबहादुर राना मगरले स्थगित गरेपछि बैठकका बिषयमा बिवाद बढेको हो ।
कार्यपालिका सदस्यहरुले बिना कारण कुनैपनि ऐजेण्डामा प्रवेश नगरी बैठक स्थिगित गरेको भन्दै उपस्थितीमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

‘बहुमत सदस्यहरुको उपस्थिति हुँदाहुँदै पनि कुनै ऐजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित गरिएको घोर आपत्ति प्रकट गर्दछौँ’ उपस्थितीको अन्त्यमा लेखिएको छ ।

कांग्रेसबाट निर्वाचित उपप्रमुख मसली माया थोकर सहित, वडा अध्यक्ष र कार्यपालिका बहुमत सदस्यहरु करिब एक घण्टा ढिला बैठकमा पुगेका थिए । कार्यपालिका बैठकमा उठाउने ऐजेण्डाको बारेमा उनीहरुले छलफल गरेर तयारी गर्न लाग्दा ढिला भएको एक सदस्यले बताए ।

‘सँधै एक-दुई घण्टा ढिला कार्यपालिका सुरु हुन्थ्यो’ ति सदस्यले भने ‘ढिला आएको कारण देखाएर आज एकाएक मेयरले स्थगित गरे ।’

नगरप्रमुख कृष्णबहादुर राना मगरले समसामयिक विषयमा छलफलको तयारीकालागि आजको बैठक डाकिएको बताए । ‘बिजय बिगुलको खर्च अनुमोदन लगायत बिविध विषय थियो’ उनले भने ‘कार्यपालिका सदस्यहरु ढिलो आएकाले बैठक स्थिगित भएको हो ।’

अर्को बैठक छिट्टै बस्ने बताउँदै उनले मिति तय भईनसकेको र स्थगितको अन्य कारण नभएको बताए ।
आजको बैठक माघ २९ गते स्थगित भएर पुन डाकिएको थियो । सोही दिनको ८ वटा ऐजेण्डामा छलफल गर्ने गरी बोलाइएको बैठक सुरु नै भएन ।

बैठकमा मंगलवार द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि नगरपालिका कर्मचारी (मेयरका स्वकिय सचिव) अनिष अर्याल सहितको टोलीले कुटपिट गरेको र उक्त घटनामा नगरपालिकाको ‘बा प्र ३०२०१४ ब ६७१३ नम्बरको सरकारी मोटरसाईकल प्रयोग भएको विषय कार्यापालिकामा उठाउने कांग्रेसबाट निर्वाचित सदस्यहरुको तयारी थियो । त्यो सहितका केही विषयमा छलफल गरेर जाँदा कार्यपालिका बैठकमा हामी केही ढिला पुगेको हो’ एक सदस्यले भने ‘यो ऐजेण्डा उठ्न सक्ने भएर स्थगित गरेको हुनुपर्छ ।’ नगरपालिकाको कर्मचारी र स्रोत साधन गलत काममा प्रयोग हुनु ठिक नभएको ति सदस्यले बताए ।


कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य नगरपालिका पुग्दा माओवादीबाट निर्वाचित कार्यपालिका सदस्यहरु बाहिरिएका थिए ।

उपमेयर मसलीमाया थोकरले बैठक स्थगित गर्नुपर्ने कुनै कारण नभएको बताईन । ‘केही समय ढिला भएको हो, तर बैठक स्थगित गर्नुपर्ने कारण थिएन, मेयरसाबले स्थगित गर्नुभयो ।’ नगरपालिकाका महत्वपूर्ण ऐजेण्डाका विषयमा छलफल हुने बैठक बिना कारण स्थगित गर्नु ठिक नभएको उनले बताईन । दरौँदी दैनिक पत्रिका

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -