काठमाडौं।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहमाथि जन्ममिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको हो। सिंहले जन्म मिति सच्याएर र नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।
सिंहविरुद्ध यो उजु्री काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले दिएका हुन्। डीआईजी सिंहको अहिले एआईजी बढुवा हुने बेला भएको छ।










































