काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको छ ।
पब्लिक स्पिकर तथा टेलिभिजन प्रस्तोता रमेश प्रसाई र सामाजिक अभियान्ता तथा लेखिका टिका संग्रौला (ज्वाला ) समेत केन्द्रिय सदस्यमा मनोनित भएका छन् । १६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।
केन्द्रीय सदस्यहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री मनोनित भएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।








































