मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आइतबार शेयरबजार खुल्दा सकारात्मक नतिजा देखिने अपेक्षा थियो । तर, खुलेदेखि नै ओरालो लागेको बजार बन्द हुँदासम्म ६०.७७ अंकले घटेको छ । आइतबार बजारमापक परिसूचक नेप्से २१२१.८६ को बिन्दुमा रोकियो ।
आइतबार शेयर बजारमा २१५ कम्पनीका शेयरको किनबेच हुँदा नाफा कमाउने मात्र ८ कम्पनी भए । बाँकी २०७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । आज सबैभन्दा धेरै बीएचपीएलको शेयरमूल्य २.३१ प्रतिशतले बढेर ६४१.५० रुपैयाँ कायम भएको छ ।
सबैभन्दा धेरै गुमाउनेमा डब्लूएनएलबी रह्यो । यसको शेयरमूल्यमा ४.९५ प्रतिशतको गिरावट आउँदा प्रतिशेयर मूल्य ९६१ रुपैयाँ कायम भएको छ । आइतबार ३ अर्ब ४ करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।








































