राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न आउँदा राजा-रानीजस्तै सवारी चलाइएको भन्दै संसदमा विरोध भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद मुक्ता यादवले उपत्यकाभर सवारी जाम गराएर राष्ट्रपतिको सवारी चलाइएको भन्दै विरोध जनाएकी हुन् ।
‘राष्ट्रपतिको सवारीमा डाक्टर पिटेर राजा-रानीजस्तै तामझामपूर्ण सवारी चलाइँदा जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्’, यादवले भनिन् ।
प्रतिनिधि सभा बैठकमा एमालेका रघुजी पन्तले सरकारको कमजोरीका कारण राष्ट्रपति संस्थामाथि आलोचना भइरहेको बताएका छन्।








































