Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:४० बिहान
- ADVERTISEMENT -

लुम्बिनी प्रदेश : १० जनाको मन्त्रिपरिषद्, नवनियुक्त मन्त्रीको शपथ आजै

प्रकाशित मिति: २०७९ माघ २९, आइतबार

235
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ठीक एक महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रिहरूको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिसमा गरेका छन् । यसअघि विना विभागिए दुई जना मन्त्रीलाईसमेत जिम्मेवारी तोकिएको छ ।

नेकपा (एमाले)बाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३ र अन्य साना दलबाट एक/एक जना गरी कूल १० जनाको मन्त्रिमण्डल बनाइएको छ । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुंगो लगाएसंगै मन्त्रीहरूको नाम दलको बैठकबाट निर्णय गरिएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रूपमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका छन् ।

यसअघि केसीले विना विभागिए मन्त्रीको रूपमा शपथ लिएकी थिइन् । मन्त्रालय भागबण्डा गर्दा उनी असन्तुष्ट रहेको र त्यसकै कारण विना विभागिए मन्त्रीबाट राजीनामा दिएको सार्वजनिक भएको थियो ।

तर, मुख्यमन्त्री कार्यालयले मन्त्री केसीको राजीनामा मुख्यमन्त्रीसमक्ष आइनपुगेको बताएको छ । जसले गर्दा उनलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

एमालेबाट विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै साना दललाई एक/एक मन्त्रालय दिएर भाग पुर्‍याइएको छ । जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ती, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन् । बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना मुख्यमन्त्री गिरीको छ ।

नेपालसमाचारपत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -