सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक अन्तिम समयमा स्थगित गरिएको छ । प्रदेशसभा बैठक सारिएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी बुधबार आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इसारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो ।








































