Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:०६ दिउँसो
- ADVERTISEMENT -

विदेशमा चिया बेचेर नेपालीले कमाउँछन् तीन करोड ८० लाख रुपैयाँ

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

277
Shares

झापा । चिया निर्यात गरेर नेपालले बर्सेनी तीन करोड ८० लाख रुपैयाँ आम्दानी गरिरहेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा अहिले २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुने बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।  प्रदेश १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने उनले बताए ।

नेपालमा चिया उत्पादन गर्ने ३०  अर्थोडक्स र ३८  सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । १५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । बोर्डको तथ्याङ्कमा मुलुकमा १६० भन्दा बढी चिया बगान छन् । १५ हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएको र ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध छन् । अधिकारीका अनुसार पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको छ । अधिकारीले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् । प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । आर्थिकन्युजडटकमबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -