Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:२३ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति चयनको विषयलाइ लिएर शीर्ष नेताहरु आन्तरिक छलफलमा

प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार

305
Shares

काठमाडौं ।
राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले बताए । राष्ट्रिय मुद्दा एवं अन्य विषयमा समेत आन्तरिक सहमतिमै अगाडि बढ्नेबारे छलफल भएको छ ।

माओवादी सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनका अनुसार राष्ट्रपतिको चयन, संक्रमणकालीन न्याय, सुरक्षासहित पछिल्लो राजनीतिबारे शीर्ष नेताबीच छलफल भएको छ ।

‘राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । यस्तै, संक्रमणकालीन न्यायलगायत विषयमा समेत छलफल भयो,’ माओवादी सचिव पौडेलले भने, ‘शीर्ष नेताबीच छलफल सुरु भएको छ । सबैले आ–आफ्नौ कुरा राख्ने र सुन्ने काम भएको छ, ठ्याक्कै यही नै भन्ने सहमति हुन सकेको छैन ।’

राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन दलको आ–आफ्नै रणनीति छ । माओवादीले राष्ट्रिय सहमतिमा गर्नुपर्ने पक्षमा उभिँदै आएको छ । एमालेले सत्तारूढ दलबीच भएको सहमतिअनुसार एमालेले पाउनुपर्ने र कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै माओवादीलाई आफ्नो पक्षमा खुलाउने रणनीतिमा छ ।

राजधानी दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -