काठमाडौं ।
सोमबार काठमाडौं जिल्ला अदालतले सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले मानव बेचबिखन गरेको कसुरमा पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका एक अधिकारीले बताए। पाण्डे माथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरी माथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखन सम्बन्धी मुद्दा चलाइएको थियो ।
प्रहरीले जैसीलाई गत जेठ ७ गते पक्राउ गरेको थियो। उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतको फैसला सँगै उनले सात वर्ष कैद भोग्नुपर्नेछ।








































