Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:४४ बिहान
- ADVERTISEMENT -

टर्की भूकम्प : मृतकको संख्या ४३ सय नाघ्यो, नयाँ पराकम्प जाने क्रम जारी

प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार

230
Shares

काठमाडौँ – टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३६५ बढी जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । 

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी जना घाइते भएका छन् । 

छिमेकी मुलुक सिरियामा १ हजार ४४४ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन् । 

टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको समाचारमा जनाइएको छ । 

रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । टर्कीमा भूकम्पका नयाँ पराकम्प जाने क्रम जारी रहेको समाचारमा जनाइएको छ । मंगलबार बिहानै ५.५ म्याग्निच्युडको पराकम्प महसुस गरिएको छ । 
 

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -