- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

February 6, 2023
148
Shares
- ADVERTISEMENT -

कालीकोट, माघ २३ गते । शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो । 

शुक्रबार ६ बजेदेखि बन्द भएको कर्णाली राजमार्ग शनिबार राति १० बजे खुले पनि फेरि स्थानीयले सडक अवरोध गरेपछि आइतबार दिनभर तनावगस्त भएको थियो । आइतबार राति सहमतिपछि पीडित पक्षले केही नगद र केही राहत वापतको रकमको चेक प्राप्त गरेपछि सडक खुलेको बताइएको छ । 

- ADVERTISEMENT -

Advertisement

आठबिस नगरपालिका उपप्रमख कल्पना थापा चन्दले लामो समयको छलफलपछि बल्ल सहमति भएर कर्णाली राजमार्ग खुलाएको जानकारी दिनुभयो । सवारी धनीले शनिबार साँझ १४ लाख क्षतिपूर्ति दिन तयार भए पनि आइतबार पहिलो किस्ता वापत दिने भनेको रकम नदिएपछि मृतकका आफन्तले पुन राजमार्ग बन्द गराएका थिए । उपप्रमुख चन्दले दुवै पक्षसँग बसेर सहमति भएपछि सडक खुलेको सुनाउनुभयो । लामो समय राजमार्ग बन्द हुँदा कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा जाने यात्रु र त्यहाँबाट मुलुकका विभिन्न शहरमा जाने यात्रु मर्कामा परेका थिए । गोरखापत्रमा प्रकशित समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com