गोरखा : गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं २ र धादिङ जिल्लाको गंगा जमुना गाउँपालिका वडा न ६ जोडने कागतेपाखा – मान्बु सडकखण्ड निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेशबाट १० लाख र आरुघाट गाउँपालिकाबाट २ लाख गरि जम्मा १२ लाखमा उक्त सडकको काम सम्पन्न भएको बताईएको छ । युवा समाजसेवी आरुघाट – २ मान्बु निबासी गगन थापा को नेतृत्वमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको हो ।

छोटो समयमा सडक बिस्तारको साथै सडक लाई स्तरीय बनाउन ठोट्नेरी खोला मा सोलिङ्ग को साथै जाली को बाध राखिएको र खोलामा ढलान समेत गरिए सङै सडक पनि पहिलाको भन्दा फरक र स्तरिय बनेको स्थानीय बासी हरुले बताएका छन ।









































