काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने तालिका रहेको छ ।
आज अपराहन्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आजको बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा कानुनमन्त्री ध्रुबबहादुर प्रधानले सरकारको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।
.jpg)








































