काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त गर्नप्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री दाहाल आफ्नो अडानमा रहे । उनले आजको भेटवार्ताकोसुरुवातमै गृहमन्त्रालय अब रास्वपालाई दिन नसक्ने अडान सुनाएका थिए ।
उनले गृहमन्त्रालय अहिले आफ्नै नेतृत्वमा राखेका छन् । लामिछाने भने कुनैपनि हालतमा गृहमन्त्रालयको नेतृत्वमा फर्कन चाहन्छन् ।यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब बढाएका छन् ।
ओलीले पनि प्रधानमन्त्री दाहाललाई भेटेर पूर्व सहमतिबमोजिम लामिछानेलाई नै गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए ।लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म सो मन्त्रालयको नेतृत्व लामिछानेलाईदिन नसकिने प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री दाहालसँगको भेटवार्ता सुखद् नभएपछि लामिछाने बेचैन छन् । उनले आज ओलीसँग भेटवार्ता गरेका छन् । कतिपयलेलामिछानेसँग पूनः गृहमन्त्री बन्न धाहीरहेको भनेर पनि चर्चा गर्न थालेका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीचसत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ ।
सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नोपार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्षओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।








































