- ADVERTISEMENT -

नेसनल युनाइटेडमा वार्षिक खेलकुद कार्यक्रम सुरु

January 31, 2023
325
Shares
- ADVERTISEMENT -

काठमाडौं–हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०७९ माघ १६ गते सोमबार “संगै उत्कृष्टता हासिल गरौं” भन्ने मृ्ल नाराका साथ वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२३ सुरु भएको छ । पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रिपालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम् नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष अर्जुन बहादुर के.सी.को विशेष आतिथ्यता रहेको थियो । सो कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति एवम् विद्यालयका संस्थापक निर्देशक जेबी हमाल तथा प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरी संयुक्त रुपमा गर्नुभएको थियो । 

कार्यक्रम सुरु हुनु अघि राष्ट्र र जनताका लागि ज्यान आहुति दिने महान् सहिदहरुप्रति सम्मान स्वरुप एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रम माघ १६ गतेदखि १८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यक्रममा फुटसल, बास्केटबल, व्याडमिन्टन, कराते, बुद्धिचाल, हाइजम्प, लङ्गजम्प, रोड रेस लगायत विभिन्न ३६ विधामा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले १०८ स्वर्ण, १०८ रजत तथा १०८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । 

- ADVERTISEMENT -

Advertisement

उद्घाटनसँगै सुरु भएको सिनियर व्बाइजतर्फको बास्केटबल खेलमा आ–आफ्ना प्रतिस्पर्धी टिमलाई पराजित गरी फाइनल प्रवेश गरेका एल्लो हाउस र ग्रिन हाउस बिचको खेलमा ग्रिन हाउसले एल्लो हाउसमाथी १७—१३ को जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भयो । त्यसैगरी पहिलो दिन व्याडमिन्टन, बास्केटबल, क्यारम बोर्ड, टेवल टेनिस लगायत १६ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रिपालीले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पु¥याउनुका साथै शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राखी शैक्षिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै निजी सार्वजनिक सहकार्य मार्फत खेलकुदको विकास गर्न सकिने कुरा बताउनु भयो। त्यसै गरी विद्यालयका संस्थापक निर्देशक जेबी हमालले खेलकुदको विकासका लागी दिर्घकालीन सोचकासाथ विद्यालयमा खेलकुदका भौतिक पुर्वाधारहरु अझै थप गर्दै जाने कुरा बताउँदै  कार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -