Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४४:०७ दिउँसो
- ADVERTISEMENT -

‘एमालेसँग दुरी बढाउने माओवादी संकेत’

प्रकाशित मिति: २०७९ माघ १५, आइतबार

216
Shares

एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ।प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। तर पछिल्लो समय माओवादीले राष्ट्रपति साझा पद भएकोबताउँदै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ।

प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपतिनिर्वाचनमा केन्द्रित भएको छ। पूर्वसहमतिअनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहनेएमाले अध्यक्ष केपी ओलीले दोहोर्‍याउँदै आएका छन्। एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि कांग्रेसको समेत विश्वासको मत पाएकादाहालले परिस्थिति फेरिएको भन्दै दलीय सहमतिको प्रस्तावलाई अघि बढाएका छन्। माघ ३ गते सर्वदलीय बैठक राखेर राष्ट्रियसहमतिको प्रस्तावलाई अघि सारेका दाहालले पार्टीको जारी स्थायी कमिटी बैठकमा पनि सोही विषय दोहो¥याएका छन्। एमालेसँगदुरी बढाउने र कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा दाहाल रहेको निकट एक नेताको दाबी छ।

माओवादीको जारी स्थायी कमिटी बैठकले नयाँ राष्ट्रपति निर्वाचनमा पूर्वसमझदारीअनुसार एमाले उम्मेदवारलाई समर्थन गर्ने कि तोडेरअर्को समीकरण बनाउने भन्ने निर्णय गरिसकेको छैन। माओवादी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिबनाउनुपर्छ भन्ने पार्टी नीति रहेको बताए। ‘राष्ट्रपति साझा र राष्ट्रिय एकताको प्रतीक भएकाले यसमा राष्ट्रिय सहमति कायम गरेरजानुपर्छ भन्ने पार्टी नीति छ,’ शुक्रबारको बैठकपछि महराले भने, ‘एमाले वा अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्ने नभएर सहमतिबनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो।’

गणतन्त्र कार्यान्वयनपछिका दुवै राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको माओवादी बुझाइ छ। पहिलो राष्ट्रपति रामवरणयादवले सेनापति प्रकरणमा दोहोरो शासनको अभ्यास गरेर मन्त्रिपरिषद्को निर्णयलाई नमानेको माओवादीका नेताहरूको बुझाइ छ।त्यस्तै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दलविशेष र अझ गुटविशेषको हितमा काम गरेको आरोप लगाउँदै दाहालनिकट एक नेतालेभने, ‘एमाले, कांग्रेस वा कुनै दलविशेषले जे भन्यो त्यही मान्ने होइन। विधि र विवेकको प्रयोग गर्ने र सबैले स्वीकार गर्न सक्ने व्यक्तिराष्ट्रपति बनाउनुपर्छ भन्ने हो।’ ती नेताका अनुसार एमालेसँगको सत्ता साझेदारीलाई पार्टीभित्र पनि धेरैले रुचाएका छैनन्।

एमालेसँग पार्टी एकीकरण र पछि अलग हुँदा केही नेता–कार्यकर्ता उतै बसेको सुनाउँदै अहिलेको सहकार्यले तत्कालका लागि सत्ताप्राप्ति भए पनि भविष्यमा पार्टी संगठनलाई कमजोर बनाउने मत नेताहरूको छ। पार्टी नेतृत्वले सरकारको नेतृत्व गर्नेबाहेक माओवादीसँगसरकारका महत्वपूर्ण मन्त्रालय कुनै नरहेको र प्रधानमन्त्रीले मुलुक र पार्टीका लागि केही गर्न सक्ने अवस्था नरहेको दाबी गरे। सरकारकोनेतृत्व गरेको दलसँग गृह, अर्थ र कानुनजस्ता महत्वपूर्ण मन्त्रालय नभएको हुँदा नीतिगत, सुशासन र विकास निर्माणमा पार्टीको कुनैभूमिका नरहने माओवादी बुझाइ छ।

त्यति मात्र नभएर संवैधानिक परिषद्मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीबाहेक दोस्रो सदस्यसमेत नभएको, उच्चस्तरीय राजनीतिकसंयन्त्रका नाममा एमाले अध्यक्ष ओली सरकार र प्रधानमन्त्रीमाथि हाबी हुँदै गएको पनि ती नेताले बताए। ‘मन्त्रिपरिषद् विस्तार गर्नेअधिकार प्रधानमन्त्रीको हो तर दाहाल ओलीलाई भेट्न दुईपटक उनकै निवास पुग्नुभयो, अब राष्ट्रपति पनि एमालेले भनेकै व्यक्ति हुने होभने माओवादीसँग केही बाँकी हुँदैन भन्ने मत पार्टीमा जबर्जस्त छ,’ ती नेताले भने।

संविधानविपरीत दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओली फेरि पनि त्यही बाटोमा रहेको बुझाइमा रहेका दाहालनिकट ती नेताले भने, ‘हिजो प्रतिगामी भन्दै जनतामाझ व्यक्त गरेको धारणालाई अहिले कसरी ठिक भन्न सकिन्छ र?’ माओवादी नेता तथा पूर्वअर्थमन्त्रीजनार्दन शर्मासहित उनीनिकट केही नेता एमालेसँगको पछिल्लो समीकरणप्रति थप असन्तुष्ट रहेको स्रोतको दाबी छ।

अर्थमन्त्री रहेका बेला एमालेकै योजनामा गभर्नर महाप्रसाद अधिकारीले आफूलाई असहयोग गरेको र सिंगो एमाले पार्टी पंक्ति नै आफ्नोराजनीतिक जीवन सिध्याउन लागिपरेको नेता शर्माले बताउँदै आएका छन्। ‘एमालेसँग दाहालले सत्ता साझेदारी गरेकाप्रति शर्मा रउहाँका निकटहरू खुसी देखिनुहुन्न,’ एक सदस्यले भने, ‘कांग्रेससँग मिलेर अघि बढेको भए सांगठनिक र राजनीतिक रूपमा फाइदा पुग्नेथियो भन्ने मत छ।’

कांग्रेससँग माओवादी आश्वस्त हुन नसकेको र एमालेलाई पनि विश्वास गरेर अघि बढ्ने अवस्थामा नभएको नेताहरू बताउँछन्।निर्वाचनअघि र पछि पनि कांग्रेसले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिए पनि कार्यान्वयन नभएको एकमहिना मात्र भएको बताउँदै ती नेताले भने, ‘एमालेसँगको सहकार्य तोडेर राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्दा सत्ता साझेदारीमा धोकाहुँदैन भन्नेमा आश्वस्त हुने अवस्था छैन।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेले पाउने दाबी गरे। पाल्पाकोतानसेनमा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको सहमतिअनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति नपाउने दाबी गरेकाहुन्। ‘प्रधानमन्त्री दाहालले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नुभएको छैन। पूर्वसहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमाकुनै शंका छैन,’ उनले भने।नागरिक बाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -