गोरखा,
क्रसर बन्द भएका बेला निर्माण सामग्री ढुङ्गा गिटी बालुवा ढुवानी गर्दै आएका टिपरहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
गोरखाको पालुङटार नगरपालिकामाबाट १० वटा, जिल्ला प्रहरी कार्यालयमा एक र नयाँ साँघु प्रहरी चौकीमा दुईवटा टिपर नियन्त्रणमालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। ईलाका प्रहरी कार्यालय प.पालुङटारले बा प्रदेश ०१–००३ क५८३६, ग १ ख १७१, बा.प्रदेश–०१००३ क ५८३५, ग १ ख ८६९०, बा.प्रदेश–००३ क ५८३३, बा ५ ख ४७०१, ना ८ ख ५३९१, ग १ क५४१७, ग १ ख ७६६६, बा.प्रदेश ०१–००४क ०४१९ नम्बरको टिपर नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिएको टिपर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको एसपी खनालले बताए। गृह मन्त्रालयको निर्देशनमाजिल्ला अनुगमन समितिले पुस २४ गतेदेखि गोरखामा संचालित क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो।
त्यसयता कुनैपनि उद्योग संचालनमा नभएको तर बन्द उद्योगबाट ढुङ्गा गिटी खरिद बिक्री भएको भेटेपछि प्रहरीले टिपर नियन्त्रणमालिएको जनाएको छ। प्रहरीले कारबाही लागि पठाएको टिपरबाट स्थानीय तहहरूले २० देखि ४० हजार सम्म जरिवाना लिने गरेका छन्।








































