- ADVERTISEMENT -

रानिबन स्थित NCEB,स्कुलले भर्ना कोटा थप गर्ने

January 24, 2023
479
Shares
- ADVERTISEMENT -

काठमाडौं, माघ १०:   शुल्क धेरै लिएर मात्रै स्तरीय स्कुल बन्छ बन्ने मान्यतालाई तोडेर,मध्यम शुल्क लिएर पनि राम्रो शिक्षा दिन सकिन्छ भन्ने उदाहरण बनेको छ , न्यु क्रियटिभ ईङ्लिस बोर्डिङ स्कुल । रानीवनको काखमा रहेको  नागार्जुन वडा नं १ को न्यु क्रियटिभ ई.बो. स्कुल (  NCEB SCHOOL) ले आफ्नो स्थापनाको १६ बर्ष पूरा भएको उपलक्ष्यमा केही बिद्यार्थी  कोटा थप गरेर भर्ना गर्ने जनाएको छ। स्थानीय र बाहिर समेत रहनु भएका अभिभावकको अनुरोधमा थप बिद्यार्थी भर्ना गरिने व्यवस्था मिलाईएको बिद्यालयकि प्राचार्य मुना भट्टराईले बताएकी छन् । बीस २०६७  देखि निरन्तर राम्रो एसएलसी नतिजा दिंदै आएको एनसिईबी स्कुलका उत्पादन बिद्यार्थीहरु हाल सरकारी तथा गैर सरकारी क्षेत्रमा सकृय रहेका छन् । बिदेशी तथा स्वदेशी  विश्वविद्यालयमा राम्रो अवसर पाएर पढ्न सक्ने जग बसाल्ने बिद्यालयका रुपमा चर्चित यस स्कुलका २०७८ ब्याचका एसईई बिद्यार्थी मध्य ४ जनाले गत बर्ष सेन्ट जेभियर्स कलेज, माइतीघरमा प्रवेश परीक्षा उत्तीर्ण गर्न सफल भएका थिए । ती मध्ये १ जनाले बुढानिलकण्ठ स्कुलमा समेत ए लेभल अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए यद्यपि सेन्ट जेभियर्समा नै उनको कलेज पढाइ शुरु भयो । उच्च शिक्षा अभ्ययनका लागि विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्न सामाजिक व्यवहार र गुणस्तरीय शिक्षा जरुरी छ । यी दुबै पक्षमा बलियो बिद्यार्थी तयार पार्ने उदेश्यमा साथ एनसिईबी स्कुल ( NCEB SCHOOL) दृढ संकल्पित भएर सफल हुदै आएको छ। आजको दिनमा बिद्यालय पाँच तारे होटल जस्तो हुने होइन, यो त व्यवहार सिकाउने थलो हो जहाँ दुख सुखमा सफल जीवन जीऊन सिकाउनु पर्छ । बिद्यालयमा आवश्यक मात्रामा मात्रै सुविधा हुनुपर्छ तर गुणस्तरीय शिक्षक र मेहनत गर्न सिकाउने प्रिन्सिपल हुनु पर्छ । बिद्यालय व्यापार जस्तो हुनु हुदैन यो त सामाजिक भाव भएको सेवामुलक पेशा हुनुपर्छ । बिद्यालय संस्थागत वा स्वतन्त्र हुन सक्छन् तर ती शिक्षकद्वारा मात्रै सञ्चालित हुनु पर्छ । बल्ल त्यो बिद्यालय बन्छ । आजको समयमा शिक्षक भएर अरुको बिद्यालय पढाउन चाहने शिक्षक धेरै कम छन् । जो अंग्रेजी, गणित तथा विज्ञान बिषय अध्ययन गरेका छन् ती विदेश गई दिन्छन् । अत: ठुला व्यापारीले खोलेका बिद्यालय भवन ठुला हुन सक्छन् तर शिक्षक सहि नपाउन सक्छन् । जुन स्कुल विज्ञान , गणित तथा अंग्रेजी शिक्षकले खोलेका थोरै बिद्यालय मध्य एनसिईबी स्कुल पनि एउटा हो।

बालबालिकालाई समाजको विविधता सिकाउन सकिएन भने, त्यो विविधतामा रमाउन सक्ने बनाईएन भने बालबालिका भोलि सफल हुन सक्दैनन् । अत: विविधतायुक्त बिद्यालयका रुपमा परिचित एनसिईबी स्कुल बास्तबमा नै संस्कार सहितको शिक्षा दिने गुणस्तरीय बिद्यालयका रुपमा निरन्तर लागि रहेको छ । एम.ए, विएससी र बिएड गरि सकेकी १६ बर्षको शिक्षण, प्रशिक्षण  तथा बिद्यालय व्यवस्थापनको अनुभव प्राप्त व्यक्ति प्राचार्य मुना भट्टराई  रहेको , २५ बर्ष देखि स्कुल, कलेजमा प्राध्यापन गर्दै , १५ बर्ष भन्दा बढि प्राचार्यका रुपमा काम गरेर हाल निर्देशकका रुपमा कार्यरत युवराज बस्ताकोटीको मेहनत र सफल नतिजाका कारण यस बिद्यालयमा आफ्ना  बालबालिका भर्ना गराउन चाहनु अभिभावकको स्वभाविक कुरा हो । बिद्यालय प्रशासनका अनुसार , अभिभावकको माग आएकाले आगामी शैक्षिकसत्र देखि होस्टलको सुविधा समेत दिने तयारीमा एनसिईबी स्कुल रहेको छ । गुणस्तरीय शिक्षा र संस्कारसहितको शिक्षा दिन र बालबालिकालाई स्वावलम्वि बनाउन बिद्यालय हर प्रयास गर्ने , पाठ्यक्रममा आधारित मात्रै नभई अतिरिक्त कृयाकलापमा समेत यस बिद्यालयका नानीहरूले राम्रो अवसर प्राप्त गर्दै मेडल, पुरस्कार तथा ईज्जत् समेत कमाउदै आएका छन् । अर्कोतिर यहाँ काम गरिसकेका शिक्षकहरु लोक सेवा आयोग, शिक्षक सेवा आयोगमा नाम  निकाल्न सफल हुने गरेका छन् भने बिद्यार्थीहरु समेत उत्कृष्ट नतिजा प्राप्त गर्ने गरेका छन् । नागार्जुन नगरपालिका भरमा पटकपटक अग्र स्थानमा रहेको बिद्यालयका छात्रले २०७८ क‍ो एसईई परीक्षामा समेत जिपिए ३.९५ ल्याएर नगर  प्रथम, काठमाडौं जिल्लामा ११ औं र देशभरका बिद्यार्थीमा ४६ स्थानमा पर्न सफल भएको थिए । साना कक्षामा समेत सक्षम बिद्यार्थी निर्माण गर्न सफल न्यु क्रियटिभ ई. बो. स्कुल साँच्चिकै स्तरीय र सर्वसुलभ बिद्यालय रहेको अनुभुती हुने गर्दछ ।यस बिद्यालयमा श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा मण्टेश्वरी कक्षाहरुमा सहुलियत दरमा केही बिद्यार्थी भर्ना गर्दैछ भने माथिल्ला कक्षामा नाम दर्ता गराउने कार्य समेत गर्दैछ । सर्वसुलभ शुल्कमा वास्तविक बिद्यालयमा बिद्यार्थी पढाउन चाहने अभिभावकको लागि एनसिईबी  स्कुल , सपना पूरा गर्ने केन्द्र समेत बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -