काठमाडौं , माघ ८: बिद्यालय तहका विद्यार्थीले समाजको गतिविधि अबलोकन गरेर केही सिकुन् ,भन्ने उद्देश्यले आज रानीवन क्षेत्रमा मिट द सोसाइटी र्याली गरेको छ । नयाँ अभिभावक तथा छिमेकीको विचार र दृष्टिकोण बुझ्न सजिलो होस् भन्ने हेतु विद्यार्थीहरुले आफ्नो बिद्यालयको एक किलोमिटर क्षेत्र भित्र भेटघाट कार्यक्रम गरिएको बताइएको छ । सो र्यालीमा अभिभावकलाई जिम्मेवार बनेर आफ्नो टोल आफै सफा राख्न अनुरोध गर्दै, व्यानर प्रस्तुत गरेका थिए । कोभिड अगाडि आफ्नो समाज आफै सफा गरौं, भनेर “क्लिन द सोसाइटी” ( Clean the Society) आफ्नो छिमेक सफा राख्ने कार्यक्रमका लागि सचेतना अभियान चलाईने गरेको, तर कोरोना महामारी आए पछि सो कार्यक्रम छाडिएको बताईएको
छ।
विगत १६ बर्ष देखि यस क्षेत्रमा स्तरीय बिद्यालयका रुपमा चर्चित एनसिइबी स्कुलका विद्यार्थी २०७८ को एसइइ परीक्षाको नतिजामा ३.९५ जिपिए सहित नगर प्रथम पनि भएको छ । यहाँबाट एसइइ उत्तीर्ण विद्यार्थी मध्य केही विद्यार्थी सेन्ज जेभियर्स कलेजमा अध्ययन गर्न नाम निकाल्न सफल भएका छन् । विद्यार्थीको सृजनात्मक क्षमता वृद्धि गराउन संस्कार सहितको शिक्षा दिईने गरिएको यहाँका अभिभावकले बताएका छन् । शिक्षा क्षेत्रमा शिक्षकको रुपमा सफल कार्य गरि सकेका शिक्षकद्वारा सञ्चालित यस बिद्यालय गुणस्तरीयतामा नाम चलेको बिद्यालय छ ।








































