Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१३:०२ दिउँसो
- ADVERTISEMENT -

के. पि. बा बडा प्रधानमन्त्री ( Great PM) बन्दैछन् त?

प्रकाशित मिति: २०७९ माघ ६, शुक्रबार

421
Shares

युवराज बस्ताकोटी 
काठमाडौं /राजनीतिक अभ्यास सदैव परिक्षण अनि फेरि परिक्षणमा गुज्रिदै आएको छ । झण्डै २००० बर्ष देखि अस्थिर आन्तरिक लडाइँ जागृत छ छ । राणा शासन पछाडिको अवस्था मात्रै मुल्यांकन गर्ने हो भने पनि स्थिरता भएको छैन । विविध शासन व्यवस्थाका अभ्यास पछाडि विगत १५ बर्ष देखि राजारहित बहुदलिय र संघिय प्रजातान्त्रिक व्यवस्थामा छौं । तर यो व्यवस्थामा फरक विचार र फरक बादका वकालत गरेर जनताको मत लिएका दल वा व्यक्ति पनि एउटै सरकारमा बसेर शासन गर्ने अभ्यास गरेका छन् तर सफल भएका छैनन् ,देश विकासको गति धिमा छ, भ्रष्टाचार बढेको छ,घटेको छैन । भ्रष्टाचार र वेथितिको चर्को स्वरमा विरोध गर्दै सत्ता स्वादमा पुगेका कयौं दल र नेता झन ठुलो भ्रष्टाचारी र वेथितिको कारक बनेर हराएको अबस्था छ । नयाँ नयाँ फण्डा ल्याएर जनमत बटुलेकाहरु दीगो हुन नसक्नुका धेरै कारण छन् ती मध्य प्रमुख कारण , उनीहरुको सत्ता स्वादको लालचा र पुराना नेताको ठाँट देखेर ,उस्तै बन्ने ,कमाउने दाउमा राजनीतिमा आउनु नै हो । नयाँ नाममा आएकालाई पुराना भन्नेले कसरी भुङ्ग्रोमा हाल्न सक्छन् भन्ने कुराक‍ो प्रमाण अहिलेको केपि वलि नेतृत्वको गठबन्धन हो, जहाँ प्राविधिक रुपमा प्रधानमन्त्री पदमा पुस्पकमल दाहाल छन् । सभामुख निर्वाचनमा केपि वलिका निकट नेता अत्यधिक मतले विजयी भएका छन्, उप सभामुख जस्तो श्रृङ्गारिक पदमा उम्दा कलिलो नेतृको उपमा पाएकी सोविता गौतमलाई थन्क्याउन सक्नु उहाँको अर्को जादुमय निर्णय हो । डाक्टर तोसिमा कार्किको बकबक मिडियाबाजी ठिक पार्न राज्य मन्त्री बनाए,भने गौतमलाई उप सभामुख बनाउदैछन् ।  नागरिकताको गम्भीर विवाद र मुद्दा नै झेलिरहेका कडा पत्रकार रवि लामिछाने ,एकै पटक त्यहि मन्त्री बनाए जसले आफ्नै मुद्दा हेरिरहेको छ । राजनीतिमा कानुन मात्रै होइन ,नैतिकता पनि एउटा गणक हुन्छ तर ,विषय अब हरायो ।  आफ्नो बोसको छानविन कसरी हुन्छ ? 

केपिवलिको रहस्यमय राजनीतिक गठबन्धन वास्तबमा नेपाली भूराजनीतिक तथा अन्तर्राष्ट्रिय कारण होलान् तर मुख्य त नेपाली कांग्रेस भित्रको आन्तरिक खिचातानी र षड्यन्त्र नै हो । त्यो षड्यन्त्रलाई मलजल गर्न सफल भए । 

 अब के होला त !          

 मिहिन विश्लेषण गर्ने हो भने वलिको मुख्य सपना बाँकी नै देखिन्छन् । ती हुन सक्छन् , (१) बडा प्रधानमन्त्रीको अभ्यास गर्ने ( २) पार्टीमा आफ्नो खास बर्चस्व कायम राख्दै आफै राष्ट्रपति बन्ने । 

पहिलो सपना पूरा गर्न उनले पुस्पकमल दाहाल नेतृत्वको कम्युनिस्टलाई आफ्नो बसमा राख्ने र आफ्नो नजिका डोरमणि पौडेल वा कोहि राष्ट्रपति बनाउने ,  प्रधानमन्त्रीको पनि प्रधानमन्त्री बनेर बडा प्रधानमन्त्रीको अभ्यास गर्ने । 

उहाँको पहिलो प्रयास असफल भएमा आफ्नो पार्टीको साँचो आफ्नै जनैमा बाँधेर , राष्ट्रपति आँफै बन्ने प्रयास गर्ने । 

पुस्पकमल दाहाललाई भारि 

यदि अहिलेको परिस्थितिमा वलि गठबन्धन मुताविक सभामुख जस्तै केपि बाको मानिस राष्ट्रपति निर्वाचित भए भने दाहाललाई नै सबैभन्दा बढि भारि पर्नेछ । पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रपति र प्रधानमन्त्रीको कुरा नमिल्दा राजिनामा दिनु परेको नजीर भुलेका पक्कै छैनन् तर परिस्थितिमा परे भने चाहिँ सरकारको दिनगन्ती  त्यहि दिनबाट शुरु हुनेछ, जसको कारण सरकार पुर्ण असफल पनि हुनेछ ।

के होला त, ग्रेट पिएम नबनाउने खेल !

पुस्पकमल दाहाल केही बुझ्दै छैनन् भन्ने कुरा गलत हुनेछ । राष्ट्रपतिमा कुनै प्रजातान्त्रिक विचार बोक्ने व्यक्ति भयो भने उनलाई दिएको समर्थन एमालेले फिर्ता त लिनेछ , जसको साथमा एमाले ७८, लिङ्देन १४ र रवि २० ,अन्य ४ गरि जम्मा ११८ मत उनको विपक्षमा हुनेछ भने दोस्रोपटक लिनु पर्ने विश्वासको मतमा आबश्यक बहुमत रहनेछ र २ बर्ष प्रधानमन्त्री बन्नेछन् । रवि लामिछानेको कहानीको संकेत माघ ११ गते अदालतले पनि देला । त्यसपछि नेपाली राजनीतिक खेल कता मोडिनेछ,हेर्न बाँकी नै छ । यद्यपि मुख्य चाख लाग्दो खेल भने राष्ट्रपतिको निर्वाचन पछि नै हुनेछ । के केपि बाको बडा प्रधानमन्त्री बन्ने दाऊ पूरा होला कि नहोला !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -