काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बिहीबारबिहान पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड भेट्न बालुवाटार गएका हुन्।
सभामुख चयन गर्न बिहीबार प्रतिनिधिसभा बैठकमा मतदान हुन अगाडि पौडेल प्रचण्डसँग छलफल गर्न पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड रपौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।
सर्वदलीय बैठकमा प्रचण्डले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेससँग पनि प्रस्ताव गरेका थिए। योविषयमा छलफल गर्न कांग्रेस पनि तयार देखिएको थियो। दलबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका पदमा सहमति गर्न सकिन्छकि भनेर छलफल गर्न पौडेल बालुवाटार पुगेको बताइएको छ।
सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखमा भिड्दै छन्। घिमिरेकाप्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमाविश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपानेकांग्रेसकी समानुपातिक सांसद हुन्।
यस अगाडि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर सभामुख एमालेको भागमा परेपछि सभामुख निर्वाचनमाभने कांग्रेसले आफ्नै सांसदलाई उम्मेदवार बनाएको हो।








































