गोरखा नगरपालिकाका शिक्षकले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । खातामा पैसा नभएको भन्दै नगरपालिकालेकात्तिकदेखि तलब नदिएको एक शिक्षकले गुनासो गरे । ‘महिनैपिच्छे तलब दिने भनिएको थियो, खै अहिले त कात्तिकदेखि पुस सम्मकोतलब आएको छैन’ ति शिक्षकले भने ।
वडा नम्बर ६ को शक्ति मावि र ९ को महालक्ष्मी माविमा नगरपालिकाले असोज महिनाको पनि तलब पठाएको छैन । नगरभित्रका ४९विद्यालयका तीन सय ७० जना शिक्षकले कात्तिक, मंसिर र पुस महिनाको तलब नगरपालिकाबाट पाएका छैनन् । गोरखानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञाननाथ ढकालले शिक्षकलाई तलब खुवाउन नसकिएको स्विकार गरे । नगरपालिकाकोखातामा पैसा नहुँदा समस्या भएको उनले बताए ।
शिक्षकहरुले प्रधानाध्यापक, प्रधानाध्यापकहरुले नगरपालिकाको शिक्षा शाखाका तलब नआएको बारे बारम्बार गुनासो गरेपनि सुनुवाईनभएको बताउँछन् । ‘हामीलाईपनि शिक्षकहरुले गुनासो गरिरहनुभएको छ’ गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुरखड्काले भने ‘प्रअ बैठकपनि यो विषयमा गुनासो आएको थियो ।’ नगरपालिकालाई शिक्षकहरुलाई तलब खुवाउन मासिक करिब एककरोड ७० लाख रुपैयाँ आवस्यक पर्छ ।
आन्तरिक स्रोत बलियो भएका केही विद्यालयले भने केही महिनाको तलब खुवाएका छन् । शिक्षकहरुको तलब शसर्त अनुदानको बित्तियहस्तान्तरणको माध्यामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले नगरपालिकाको आन्तरिक आयको खातामा पठाउँछ ।
त्यसरी पठाएपछि नगरपालिकाले शिक्षकहरुको तलब विद्यालयको खातामा पठाउने र विद्यालयले शिक्षकको खतामा पठाउँदै आएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्र भण्डारीले कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासामा कुनै समस्यानरहेको बताए ।








































