काठमाडौं, २० पौष । सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसले पहिलो पटक पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेसले आज (बुधबार) समसामयिक राजतीतिलगायतका विषयमा आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।
आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता प्रकाशशरण महतलेबताए।
साथै, आज नै निर्वाचन परिचालनमा खटिएका नेता तथा कार्यकर्तालगायतलाई धन्यवाद दिने कार्यक्रम पनि रहेको प्रवक्ता महतलेबताए।








































