काठमाडौं : नेपाली कांग्रेसका युवा नेता तथा बिकास रणनीतिका अध्यता युवराज बस्ताकोटीले, नेपालको एकीकरण अभियानको नेतृत्व गरेको गोरखा राज्य र हाल जिल्लाका लागि ७ महत्त्वपूर्ण आयोजना तुरुन्तै शुरु गर्न प्रधानमन्त्रीसंग कडा रुपमा माग गरेका छन्। आफ्नो फेसवुक पेज मार्फत बस्ताकोटीले सो माग गरेका हुन् । उनले लेखेका शब्द जस्ताको त्यस्तै ,” सम्माननीय प्रधानमन्त्री ज्यु,
गोरखाका तमाम काम गर्नुहोस् । र यी ७ प्राथमिकता तुरुन्तै शुरु गर्नुहोस् ।
१) बुढिगण्डकी जलविद्युत राष्ट्रिय गौरब आयोजना
२) सुमभ्यालीमा मिनी एअरपोर्ट
३) मनासलु क्षेत्र विशेष जिल्ला घोषणा / सडक सञ्जाल समेत
४) उत्तर गोरखा आयुर्वेदिक अौषधलाय / उद्योग स्थापना, गोरखकाली टायर पुनसञ्चालन
५) मध्यपहाडि पुर्व पश्चिम लोकमार्ग कालोपत्रे
६) पालुङटार एअरपोर्ट पुन:सञ्चालन
७) दरौंदी कोरिडोर खाद्य उत्पादन क्षेत्र घोषणा र संरक्षण
— युवराज बस्ताकोटी”
र सम्पुर्ण गोर्खाली जनता
जे जसरी माग गरे पनि,यो मुद्दा अब गोरखाको साझ मुद्दा हुने प्रतिक्रिया आएका छन् । बस्ताकोटीको ३ पुुस्ता बिकास र लोकतान्त्रिक पद्धतिका लागि लडेको परिवारका प्रभावशाली सदस्य हुन्। उनका हजुरबा हिमलाल बस्ताकोटी, बीस २०१५ को निर्वाचनमा कृष्ण प्रसाद भट्टराईका स्थानीय सहयोगी कार्यकर्ता रहेको बताईन्छ भने उनका मामा डिल्लीराम न्यौपाने,माओवादी विद्रोहमा माओवादीद्वारा मारिएका थिए । उनी भने गोरखामा शार्दुल स्वभाबमा अथक विमासवादी योद्धा समेत हुन् । उनले हालसम्म कुनै सरकारी पद लिएका भने छैनन् यद्यपि नेपाली कांग्रेसको केन्द्रीय विभाग सचिव र निर्वाचन प्रचार समितिको केन्द्रीय सदस्य र उप समितिको सचिव भएर काम गरि सकेका छन् । उनलाई कांग्रेस वृत्तमा बौद्धिक विचार निर्माणमा जग हाल्ने नेताको रुपमा लिन थालिएको छ।








































