काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् ।
बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो । तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनलेत्यसमा अवसर पाएनन् ।
लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए । उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए ।








































