Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१७:४६ दिउँसो
- ADVERTISEMENT -

देउवाले प्रचण्ड लाई भने- तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन् ।

प्रकाशित मिति: २०७९ पुस ९, शनिबार

386
Shares

काठमाडौं/सत्ता गठबन्धनको बैठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नोदाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेप्रधानमन्त्रीमा दाबी नछोडेका हुन्।

सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफुले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रकाउपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

‘गठबन्धनको तर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरेपछि अब पहिलो कार्यकाल आफूले पाउनुपर्ने कुरा अध्यक्ष प्रचण्डले राख्नुभयो,’ श्रेष्ठले भने।

त्यसपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताए।

‘मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्‍यो। अहिलेनै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्रछलफल गरिरहेको छु,’ देउवाले प्रचण्डलाई भनेका छन्।

शनिबारको बेठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ। बैठकमा आलोपालोनेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो। 

आलोपालो नेतृत्वका लागि कुनै विवाद नै छैन। तर पहिलो कार्यकालका विषयमा हामी जहाँको त्यहींनै छौं,’ कांग्रेस उपसभापतिपूर्णबहादुर खड्काले भने।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।कार्यकालको विषयले गठबन्धन नटुट्ने उनको जिकिर छ।

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपसभामुखबारे आइतबारनै छलफल हुने कार्कीले बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -