काठमाडौं, पुस ३ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले)का चार संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुवीर महासेठ, नेता सुवासचन्द्र नेम्वाङ र महेशबस्नेतविरुद्ध मुद्दा परेको हो । निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेकाले दाबी गर्दै उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गरेका हुन् ।
त्यस्तै, इलाम–१ मा महेश बस्नेतले धाँधली गरेरै निर्वाचन जितेको दाबी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथखनालले पुनः मतदान र मतगणनाको मागसहित सर्वोच्चमा रिट दिएका छन् ।
धनुषा–४ बाट प्राप्त मत परिणामलाई अस्वीकार गर्दै कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमारिट दायर गरेका छन्। उनले पनि एमाले नेता रघुवीर महासेठले धाँधली गरेको आरोप लगाएका छन् । रूपन्देही–२ मा पुनःमतदानरमतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले नेता विष्णु पौडेलका विरुद्धमा सर्वोच्चमा रिट दायरगरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट








































