काठमाडौं : इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसारआज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्पजाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।








































