कठमाडौं । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली कांग्रेस पराजित भएको छ । त्यहाँ नेकपा(एमाले) नेता मानवीर राई विजयी भएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी पराजित भएका हुन् । प्राप्त मतपरिणाम अनुसार राईले १९ हजार ३२४ मत ल्याएका छन् । कांग्रेसका केसीले १६ हजार ५४५ मत पाए ।








































