Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:२७ दिउँसो
- ADVERTISEMENT -

गण्डकीमा एमाले र कांग्रेसको एकल सरकार नबन्ने निश्चित, माओवादीकै भर

प्रकाशित मिति: २०७९ मंसिर ८, बिहीबार

209
Shares

गण्डकी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको एकल सरकार नबन्ने पक्का भएको छ । अपेक्षा गरेको ठाउँबाट पनि हारको नतिजा आएपछि एमालेले सरकार बनाउने सम्भावना देखिएन । प्रदेशमा हालसम्मको जित-हार हेर्दा कांग्रेसको पनि त्यो सम्भावना छैन ।  

हालसम्म प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रमध्ये २७ ठाउँको अन्तिम नतिजा आएको छ । तीमध्ये कांग्रेसले १४, एमालेले ७, माओवादी केन्द्रले ४, नेसपाले एक सिट जितेका छन् भने मनाङ ‘२’ बाट राजीव गुरुङ निर्वाचित भइसकेका छन् । गोरखा २ (१)बाट नेसपाका फणिन्द्र देवकोटा गठबन्धनको सहयोगमा निर्वाचित भएका छन् ।

अब ९ ठाउँको नतिजा आउन बाँकी छ । तीमध्ये स्याङ्जाको १, नवलपुरका चार र कास्कीका दुई गरेर ७ ठाउँको मतगणना भइरहेको छ । स्याङ्जा २ मा एमाले, रास्वपासहितले बुथ कब्जा भएको, मृत्यु भएकाको पनि भोट खसेको भन्दै पुनः मतदानको माग गरेको छ । त्यसैले स्याङ्जा-२ को दुई प्रदेशसभा निर्वाचन क्षेत्र कसले जित्छ, अनिश्चित छ ।

मतगणना जारी रहेका ७ ठाउँमध्ये पाँच ठाउँमा एमाले र दुई ठाउँमा कांग्रेसको अग्रता छ । अब एमालेले अग्रता रहेका पाँचवटै ठाउँ जित्दा पनि १२ सांसद पुग्छन् । प्रतिनिधिसभामा ८ देखि १० सिट ल्यायो भने २२ जना पुग्छन् । स्याङ्जा-२ का दुईवटै क्षेत्र जिते पनि ६० सदस्यीय प्रदेशसभामा २३ सिट हुन्छ । प्रदेशमा सरकार बनाउन ३१ सिट चाहिने भएकाले एमालेको एकल सरकार बन्ने छैन ।

मुस्ताङ र लमजुङबाट एक सिट पनि नजितेपछि एमालेको सरकार गठनको अंकगणितको हिसाबकिताब बिग्रिएको हो । मुस्ताङबाट एमालेले प्रदेशसभाका दुईवटै सिट जित्ने अपेक्षा राखेको थियो । तर, त्यहाँबाट अपत्यारिलो नतिजा आएसँगै गण्डकीमा एमालेको एकल सरकार बन्ने सम्भावना घटेको थियो । मुस्ताङका दुवै सिट कांग्रेसका युवा उम्मेदवारले जितेका छन् । लमजुङबाट पनि दुवै नभए कम्तीमा एउटा भए पनि सिट जित्ने अपेक्षा एमालेको थियो ।

२०७४ सालमा एमालेले तत्कालीन माओवादीसँग वाम गठबन्धन गर्दा १७ जना एमाले नेताले चुनाव जितेका थिए । एमालेले १० जना समानुपातिक सांसद पाएको थियो । त्यतिबेला बहुमतले नेकपाको सरकार बने पनि पछि आन्तरिक विवाद चर्किएपछि माओवादीले समर्थन फिर्ता लियो र कांग्रेसको सरकार बन्ने अवस्था आएको थियो ।  

मिलेरै बन्ने छ सरकार

गण्डकीमा एमाले मात्रै होइन, कुनै पनि पार्टीको मिलीजुली सरकार बन्ने देखिँदैन । गण्डकी प्रदेशका ३६ प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमालेले सबैभन्दा बढी ३४ ठाउँमा उम्मेदवारी दिएको थियो । मनाङ १ (ख) मा एमालेसहित ठूला दलले उम्मेदवार उठाएनन् भने एमालेले बागलुङ २ (१) मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको थियो । 

सत्तारुढ गठबन्धनका दलले भागवण्डा गरेर मनाङ १ (ख) बाहेक ३५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसले २१, माओवादी केन्द्रले १२, नेसपा र एकीकृत समाजवादीले एक-एक सिट पाएका थिए । कांग्रेसले पाएका २१ मध्ये ३ सिट गुमाइसकेको छ । कांग्रेसका उम्मेदवार भएको चार ठाउँको नतिजा आउन बाँकी छ । चारवटै सिट जित्दा कांग्रेसको कुल १८ जना हुन्छन् । समानुपातिकमा यसअघि कांग्रेसले ९ सिट पाएको थियो । यसपटक पनि ९ सिट पाउँदा २७ हुन्छ र कांग्रेसको पनि एकल बहुमत पुग्दैन । 

यसरी हेर्दा गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्नेछ । माओवादी जता मिल्छ, उसैको सरकार बन्ने देखिन्छ । माओवादीले हालसम्म चार सिट जितेको छ र समानुपातिकमा यसअघिको जस्तै ३ सिट ल्याए सात हुन्छ । चुनावी नतिजापछि माओवादी कांग्रेस नेतृत्वकै गठबन्धनमा रहने भए गण्डकीमा कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्नेछ ।

राजनीतिक समीकरण परिवर्तन भएको अवस्थामा एमाले पनि सरकारमा आउन सक्छ । कांग्रेस र माओवादी, एमाले र माओवादी जुन दल मिले पनि बहुमत पुग्छ र सरकार बन्छ । हालसम्मको समानुपातिक मत हेर्दा प्रदेशमा योपटक राप्रपाको पनि एक जना समानुपातिकबाट आउने सम्भावना देखिन्छ । 

कहाँ कसले जिते ?

कास्की १ (१) – मतगणना जारी, एमालेको अग्रता
कास्की १ (२) – नेकपा एमाले 
कास्की २ (१) – नेकपा एमाले
कास्की २ (२) – नेपाली कांग्रेस
कास्की ३ (१) – नेकपा एमाले
कास्की ३ (२) – मतगणना जारी, एमालेको अग्रता
तनहुँ १ (१) – नेपाली कांग्रेस
तनहुँ १ (२) – नेकपा माओवादी केन्द्र
तनहुँ २ (१) – नेकपा एमाले
तनहुँ २ (२) – नेपाली कांग्रेस
लमजुङ १ – नेपाली कांग्रेस
लमजुङ २ – नेपाली कांग्रेस
मनाङ १ – नेपाली कांग्रेस
मनाङ २ – राजीव गुरुङ (निर्विरोध निर्वाचित)
मुस्ताङ १ – नेपाली कांग्रेस
मुस्ताङ २ – नेपाली कांग्रेस
म्याग्दी १ – नेकपा माओवादी केन्द्र 
म्याग्दी २ – नेकपा माओवादी केन्द्र 
बागलुङ १ (१) – नेपाली कांग्रेस
बागलुङ १ (२) – नेपाली कांग्रेस
बागलुङ २ (१) – नेपाली कांग्रेस
बागलुङ २ (२) – नेपाली कांग्रेस
पर्वत १ – नेकपा एमाले 
पर्वत २ – नेकपा एमाले
स्याङ्जा १ (१) – नेकपा एमाले 
स्याङ्जा १ (२) – मतगणना जारी, कांग्रेसको अग्रता
स्याङ्जा २ (१) – मतगणना अनिश्चित
स्याङ्जा २ (२) – मतगणना अनिश्चित
नवलपरासी पूर्व १ (१) – मतगणना जारी, कांग्रेसको अग्रता
नवलपरासी पूर्व १ (२) – मतगणना जारी, एमालेको अग्रता
नवलपरासी पूर्व २ (१) – मतगणना जारी, एमालेको अग्रता
नवलपरासी पूर्व २ (२) – मतगणना जारी, एमालेको अग्रता
गोरखा १ (१) – नेकपा माओवादी केन्द्र  
गोरखा १ (२) – नेपाली कांग्रेस
गोरखा २ (१) – नेपाल समाजवादी पार्टी 
गोरखा २ (२) – नेपाली कांग्रेस

शिलापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -