गोरखा, संघीय तथा प्रदेश सभाको चुनाव को प्रचार प्रसार को कार्य तिब्रता भै रहेको बेला बिभिन्न माध्यम बाट मत माग्ने कार्य भैरहेको छ । तद् अनुसार आधुनिक टेक्नोलोजी को प्रयोग गरि उमेदवार हरुले मत माग्न सामाजिक सन्जाल फ़ेसबुक ,टिकटक , युटुब लगाएत मोबाइल फोन प्रयोग गरेर मतदान संग मत माग्ने गरिरहेका छन् ।
यसै क्रममा गोरखा क्षेत्र नं १ का गठबंधन का साझा उमेदवार राजेन्द्र बजगाई तथा गठबंधन को सचिवालय बाट मतदान लाई फोन गरी आफुलाई मात्र मत मागेको भनेर केही सामाजिक संजाल मा आएको कुरा , बिपक्षीहरुले गठबंधन लाई कमजोर बनाउन नियोजन तरिकाले केही मिडिया प्रयोग गरी मतदान लाई फोन गरेर मत मागेको कुरा लाई अतिरंजित गरेको, गठबंधन का साझा उमेदवार राजेन्द्र बजगाई ले बताएका छन् ।उनले भनेका छन् खेती पाती को समय मतदान हरु घरमा भेटन नसक्ने अबस्था रहेको कारण मतदान संग सम्बन्ध बढाउन प्रबिधि को प्रयोग गरिएको हो मतदान संग मत सबै गठबंधन का उमेदवार हरुलाई मागिएको छ , बिपक्षीले हारको मनःस्थितिले प्रपोकाण्डा चलाई रहेको आरोप लगाएका छन् ।बजगाई को सचिवालय बाट गरिएको फोन जस्ता को तस्तै ,अडियो सुन्नुहोस ।








































