Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३२:१० दिउँसो
- ADVERTISEMENT -

ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश : ‘महामारीमा जनतालाई लुट्नुभयो’

प्रकाशित मिति: २०७९ कात्तिक २६, शनिबार

407
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोटहाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् । 

कााठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिष्पर्धीपोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।  

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु । तपाइँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाइँलेकेही पनि गर्न सक्नुभएन ।’ पौडेलले भने । 

त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोपलगाए । त्यसैगरी आफूहरुले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरु पूरा गर्ने समेत बताए । 

‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनले भने, ‘त्यसकाराणतपाइँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ ।’ 

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे ।

स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्धा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालतगरिरहेको बताए । 

‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु । तपाइँहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो । तपाइँहरुलाई स्यालुट गर्नचाहान्छु । म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन् ।’ उनले भने । 

निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन् ।  

उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचितनभएको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -