Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:५४:५६ बिहान
- ADVERTISEMENT -

अझै पुगेन भुकम्प पीडितलाई सरकारी राहत, खुला चौरमा रात बिताउन बाध्य

प्रकाशित मिति: २०७९ कात्तिक २४, बिहीबार

370
Shares

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु खुला चौरमा रात बिताउन बाध्य भएका छन्।

त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताएका छन् । पोली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् । भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका भरत बोहोराले बताए। उनका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् ।

जाडोको बेला भएकाले चिसोबाट बच्न आगो बालेर रात बिताउने गरेको उनले गुनासो गरे । भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न वितरण गरे पनि त्यो अपुग भएको छ ।

भूकम्प पीडित खडकबहादुर बोहोराले भने, ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, हाम्रा पीडा कस्ले सुन्ने ।’ त्यहाँका जगतबहादुर बोहोराले न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठ्याङ्ग्रिने गरेका बताए ।

अस्थायी रुपमा भए पनि टहराको व्यवस्था गरिदिन पीडितहरुको माग छ । भूकम्पको पीडाले किसानले खेतमा पाकेको धान काट्न र कोदो टिप्नसमेत सकेका छैनन् । पाकेको बाली खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्बल आइपुगेकाले सम्भवतः आजै वितरण गरिने बताए ।

उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतको लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौँ ।’

बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि यस गाउँका ६ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -