११ दिनपछि एसियन देश कतारमा फुटबलको कुम्भमेला सुरु हुँदै छ।
अहिलेसम्म ब्राजिल, जापान, डेनमार्क, कोस्टारिका र अष्ट्रेलियाले आफ्नो टोली घोषणा गरिसकेका छन्। अन्य देश पनि अन्तिम टोली घोषणाको तरखरमा छन्।
एसियन देशले आयोजना गरेको विश्वकपका कतिपय खेल हेर्न भने नेपाली दर्शकले मध्यरातसम्म कुर्नु पर्ने भएको छ। विश्वकपका ६४ मध्ये २४ खेल मध्यराति सुरु हुने भएका छन्। राति १२ः४५ बजे मात्रै सेमिफाइनल र क्वार्टर फाइनलसहितका खेल हेर्न पाइने भएको छ।
नेपाली समयअनुसार कुन खेल कति बेलाः
उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच मंसिर ४ गते नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।








































