प्रधानमन्त्री शेरबहादुर देउवाले गएरातिको भूकम्पबाट पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् । बुधबार बिहान २ः१२ बजे डोटीमा केन्द्र बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।








































