एकैघरका तीन जनाको मृत्यु हुने गरी ठक्कर दिएका कार चालकलाई रुपन्देही प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । छठ पूजाका लागि नदी किनारतर्फ जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालक रुपन्देही रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीय अजयकुमार चौधरी र घटनामा प्रयोग भएको कारलाई प्रहरीले सिद्धार्थनगर नरपालिका पिपरैया भन्ने स्थानबाट पक्राउ गरेको हो ।
सोमबार बिहान करिब ५ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीस्थित भैरहवा–लुम्बिनी सडक खण्डमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए । घाइतेमध्ये अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।








































