- ADVERTISEMENT -

रोल्पामा जीप दुर्घटना, एकै घरका दाजुभाइसहित तीन जनाको मृत्यु

October 26, 2022
280
Shares
- ADVERTISEMENT -

रोल्पा, ९ कात्तिक । रोल्पामा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल रदाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जिप दुर्घटनाग्रस्त भएको थियो । जिप सडकबाट करिब एक सय मिटरतल खसेको थियो । जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाकोअवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलयसुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए । जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -