गोरखा, ४ कात्तिक । गोरखाको भिमसेन थापा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबारसाझ पालिकाको वडा नम्बर ६ स्थित तान्द्राङ खोलाको अल्केटारमा धान, पराल बोकेर आएको ना ६ त ५८६९ नम्बरको ट्याक्टर पल्टिँदा१ जनाको मृत्यु हनुकासाथै ५ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा चालक सोहि वडाका सुनिल भट्ट रहेका छन् । दुर्घटनाको कारण भने खुलेको छैन । तस्बिर : राजेन्द्र








































